Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


अत्यावश्यक सवारी साधनलाई पास नचाहिने


442
Shares

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ ।

निर्वाचन आयोगले अत्यावश्यक क्षेत्रका लागि सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिन नपर्नेगरी सहज आवागमन व्यवस्था गरेको हो ।

आयोगका अनुसार बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकलका लागि सवारी अनुगमन पत्र आवश्यक पर्ने छैन । खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार तथा दूध बोक्ने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी आवागमनका लागि प्रयोग हुने सवारी साधनका लागि पनि अनुमतिपत्र आवश्यक नपर्ने भएको छ ।

त्यस्तै, दूरसञ्चार तथा केबल सेवाका लागि प्रयोग हुने सवारी साधन, आयोगबाट जारी परिचयपत्र बाहेक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारी साधनका लागि पनि अनुमतिपत्र आवश्यक पर्ने छैन ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।