Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


सरकारले जनतामाथि करको बोझ थोपर्‍यो : डा. महत


0
Shares

रेणु श्रेष्ठ (इमेज)

गोरखा, भदौ ७ । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले संविधानले तोकेको कार्यक्षेत्रविपरीत सरकारले जनतामाथि करको बोझ थोपरेको आरोप लगाएका छन् ।

बिहीबार गोरखामा भएको पत्रकार भेटघाटमा उनले अनावश्यकरुपमा करको भार थोपर्ने काम केन्द्र सरकारबाटै सुरु भएको भन्दै ‘प्रदेश र स्थानीय निकायले पनि करमा ज्यादती गरेका छन्’–भने ।

स्थानीय तहमा कुनै अनुभव नभएको भन्दै डा. महतले स्थानीय तहको क्षमता अभिवृद्धिका लागि संघीय कानुन र कार्यविधि बनाएर जिम्मेवारी विभाजन गर्न केन्द्र सरकारले तत्काल पहल गर्नुपर्ने बताए ।