काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका संस्था मर्जर तथा प्राप्तिमा गएर एकीकृत कारोबार सुरू गरेपछि १५ दिनसम्म सेयर कारोबार रोक्का रहने भएको छ ।
धितोपत्र बोर्डले बिहीबार जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ ले यो नयाँ व्यवस्था गरेको हो ।
बोर्डका अनुसार संस्थाहरूको सेयर मिलान धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण लगायतको लागि यो समय दिइएको हो ।
यस्तै, मर्जर तथा प्राप्ति सम्बन्धमा प्रारम्भिक सम्झौता भए लगत्तै भने आधारभूत सेयरधनीको मात्रै कारोबार रोक्का हुने भएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्