Logo १३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026


निजी क्षेत्रको आन्दोलन ६ दिनमै तुहियो

चुनावकाे माहोल विगारेको दलहरूको गुनासाे

208
Shares

काठमाडौं । राष्ट्र बैंकको पछिल्लो चालू पुँजी कर्जा निर्देशिका र बैंकहरूको चर्को ब्याजदरको विरुद्धमा सडकमा ओर्लिएको निजी क्षेत्र एक साता नहुँदै पछाडि फर्केको छ । गत शुक्रबार राजधानीमा माइतीघर मण्डलाबाट निजी क्षेत्रको आन्दोलन सुरु भएको थियो ।

यो आन्दोलनले आगामी मंसिर ४ मा हुँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको माहोललाई प्रभाव पारेको भन्दै राजनीतिक रुपबाट असन्तुष्टि आएपछि आन्दोलन सुरु गरेको ६ दिनमै निजी क्षेत्र पछाडि फर्कन बाध्य भएको हो ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको राजीनामा मागले पनि आन्दोलनको माहोललाई बिगारेको थियो ।

निजी क्षेत्रको सर्वोच्च संस्था नेपाल उद्योग वाणिज्य महासंघले बुधबार विज्ञप्ति निकालेर आगामी निर्वाचनलाई हेरेर अहिलेको निजी क्षेत्रको आन्दोलन स्थगित गरिएको बताएको छ । महासंघले चालू पुँजी कर्जा र चर्को ब्याजदरको माग भने यथावतै राखिएको भनेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।