
काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बुधबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र भुटानबीचको खेल बुधबार दिउँसो सवा ४ बजे ढाकामा हुनेछ ।
नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ । भुटान नेपालविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिने दाउमा छ ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले आयोजक बंगलादेशलाई १–० गोलले हराएको थियो ।
२ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । ३ खेल खेलेको बंगलादेश ६ अंकसहित शीर्ष स्थानमा छ ।
नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्