Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


८७ कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य


117
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूमध्ये ८७ वटा कम्पनीलाई मात्र ‘मार्जिन कारोबार’ का लागि योग्य रहेको जनाएको छ ।

‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’अनुसार मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल व्यवसायीमार्फत् तोकिएको मार्जिन राखेर शेयर खरिदबिक्री गर्ने कार्य हो ।

नेप्सेले दोस्रोपटक यस्तो सूची सार्वजनिक गरेको हो । यसअघि नेप्सेले २०७५ मा पहिलोपटक सूची सार्वजनिक गरेको थियो ।

नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्नेछ । यस्तो सूची आर्थिक वर्ष सुरू भएको सात महिनाभित्र अद्यावधिक गरिसक्नुपर्छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।