काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं दाङ इन्चार्ज निर्मल आचार्य जिल्लाको निर्वाचन नतिजा नेपाली कांग्रेसभित्र जिल्लामा रहेका गुटका हातमा रहेको बताउँछन् ।
कांग्रेसभित्रका सबै गुट इमानदार भए जिल्लाभरि नै लोकतान्त्रिक वाम गठबन्धनका सबै उम्मेदवारले सहजै चुनाव जित्ने उनी बताउँछन् ।
‘जिल्लाको र गठबन्धनको पनि ठुलो पार्टी कांग्रेस नै हो,’ आचार्यले भने, ‘तर कांग्रेस भने आफैंभित्र गुटैगुटमा विभक्त देखिन्छ । त्यसकै डरबाहेक गठबन्धनलाई दाङमा चुनाव जित्न समस्या हुन्न ।’
उता प्रमुख प्रतिस्पर्धी एमाले सत्ता गठबन्धनमा देखिएको यही डरसँग सजग देखिन्छ । यही कारण कांग्रेसका असन्तुष्ट गुटकेन्द्रित रणनीतिमा एमाले महासचिव एवं दाङ २ का उम्मेदवार शंकर पोखरेल सक्रिय रहेको निकट स्रोत बताउँछ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्