Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


धनी राष्ट्रलाई दबाब दिँदै विकासोन्मुख मुलुक


78
Shares

काठमाडौं । नेपाललगायतका विकासोन्मुख राष्ट्रले जलवायु परिर्वतन अनुकूलसम्बन्धी धनी राष्ट्रले विगतमा गरेका वित्तीय प्रतिवद्धता पुरा गराउन दबाब दिने रणानीति बनाएका छन् ।

आइतबारदेखि इजिप्टको शर्म-एल शेखमा सुरु भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिर्वतनसम्बन्धी संरचना महासन्धि (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २७ औं सम्मेलन (कोप-२७) मा विकासोन्मुख राष्ट्रले जलवायु अनुकुलनका लागि स्पष्ट वित्तीय संयन्त्र जरुरी पर्ने, अनुकूलन सहयोग दोब्बर बनाउने प्रतिबद्धता पूरा गनुपर्ने लगायतका एजेन्डामा दबाब दिने रणनीति बनाएका हुन् ।

गत वर्ष बेलायतस्थित ग्लास्गोमा भएको कोप-२६ मा पनि सन २०२५ सम्ममा जलवायु अनुकूलन वित्तीय सहयोग २० अर्ब अमेरिकी डलरबाट बढाएर ४० अर्ब पुर्‍याउने प्रतिबद्धता व्यक्त भएको थियो ।

यही प्रतिबद्धता कार्यान्वयनका लागि धनी मुलुकलाई नेपाललगायतका विकासोन्मुख मुलुकहरूले दबाब दिने भएका हुन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।