
काठमाडौं । नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ ।
‘सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने अन्तिम तयारी गरेको छ,’ सैनिक उच्च स्रोतले भन्यो । यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो ।
नेपाली सेनालाई भने सरकारले २ अर्ब रुपैयाँबराबरको हतियार खरिद गर्न स्वीकृति दिएपछि नेपाल ल्याउने तयारी भएको छ ।
‘सरकारसँग डलर अभावका कारण केही ढिलाइ भएको हो, सरकारले अमेरिका पठाउने डलर व्यवस्था गर्नासाथ हतियार नेपाल आउनेछ,’ स्रोतले भन्यो । दुई अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा अमेरिका पठाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनका कारण बाधा परेपछि रोकिएको सेनाले जनाएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्