Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


एमाले सरकार बन्नासाथ कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछौं


4.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले ४ मंसिरपछि एमालेको सरकार बन्ने र त्यही सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने घोषणा गरेका छन् ।

एमालेद्वारा आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुला सदरमुकाम खलंगाा पुगेका ओलीले नेपालले आफ्नो एक इन्च भूभाग पनि कसैलाई नछोड्ने बताएर भारतीय पक्षलाई सचेत पारेका छन् ।

उनले भारत ठूलो देश भएकाले साने चित्त गर्न नसुहाउने स्पष्ट पार्दै नेपालको कुनैपनि भूभाग कसैलाई छाड्न नसकिने स्पष्ट पारे ।

दार्चुलाबाट एमालेको देशव्यापी चुनावी अभियान शुभारम्भ गरेका ओलीले शुक्रबार नै बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई समेत सम्बोधन गरे ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।