Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


निर्वाचन आयोगको कडाइ : सरकारलाई दियो सातबुँदे निर्देशन


78
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा मितव्ययी रूपमा सम्पन्न गराउन भन्दै सरकारलाई सातबुँदे निर्देशन दिएको छ ।

सरकारका विभिन्न निकायले आचारसंहिता उल्लंघन गरेको भन्दै आचारसंहिता पूर्ण रूपमा पालना गर्न समेत आयोगले निर्देशन गरेको छ ।

आयोगले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सातबुँदे निर्देशन दिएको छ ।

आयोगले निर्वाचनमा यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र भरपर्दाे बनाई जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।