Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


पहिला सहयोगी, अहिले प्रतिस्पर्धी

गठबन्धनका आडमा झाँक्री, आफ्नैका भरमा विष्ट

780
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि चुनावमा उठ्ने चर्चा चलिरहँदा नेकपा एकीकृत समाजवादी (नेकपा एस) की सचिव रामकुमारी झाँक्री गृह जिल्ला गुल्मी पुगेकी थिइन् ।

उनले सुरुमै ‘घिउ जहाँ पोखिए पनि भातमा’ भनेकी थिइन् । उनको यो भनाइ प्रतिस्पर्धीसँग एकखालको सद्भाव थियो । आफूले जिते पनि एमालेका गोकर्णराज विष्टले जिते पनि खासै फरक नहुने झाँक्रीको भनाइको अर्थ थियो ।

तर चुनावी अभियान सुरु भएपछि परिवेश बदलिएको छ । पहिले एउटै पार्टीमा हुँदाको सुमधुर सम्बन्ध चुनावले बदलिदिएको छ ।

यसअघिका निर्वाचनमा विष्टलाई जिताउन लागिपरेकी झाँक्री अहिले प्रतिस्पर्धी छिन् । उनलाई सत्ता गठबन्धन दलको समर्थन छ । पूर्वसहकर्मी विष्टलाई उछिनेर निर्वाचन जित्ने तरखरमा उनी छिन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट २०५६, २०७० र २०७४ सालमा चुनाव जितेका विष्ट मन्त्री भइसकेका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।