
काठमाडौं । अमेरिकी राजदूत डिन थम्पसनले मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, निर्वाचन, आर्थिक विकासलगायतका विषयमा छलफल भएको बताइएको छ ।
प्रचण्डको सचिवालयका अनुसार भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिकाको सराहना गर्नुभएको थियो ।
अमेरिकी राजदूत थम्पसनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न अमेरिकाको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभएको सचिवालयले जनाएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्