Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


कालिमाटी फलफूल तथा तरकारी बजारका ९८ स्टलको सम्झौता खारेज हुँदै


0
Shares

काठमाडौं, भदौ ७ । सरकारले कालिमाटी फलफूल तथा तरकारी विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको छ ।

सरकारबाट २० हजारमा भाडामा लिइ १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको भेटिएपछि सम्झौता खारेज गर्न लागिएको हो ।

‘सरकारबाट सटर भाडामा लिएर पाँच गुणाभन्दा बढीमा अन्य व्यापारीलाई दिइएको छ, सटरभाडा बढी हुँदा उपभोक्ताले पनि चर्को मूल्य तिर्न बाध्य भए,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले भने, ‘अब बिचौलियाको सिन्डिकेट अन्त्य गर्छौं ।’

उनका अनुसार सटर एकजनाले लिएर पाँच जनालाई बिक्री गरी आम्दानी गरिरहेका छन् । विभिन्न तहमा सटर बिक्री हुँदा व्यवसायीले पनि सोहीअनुसार तरकारीको मूल्य बढाएको जानकारहरु बताउँछन् । –कान्तिपुर दैनिकबाट

 

Skip This