Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


भ्रष्टाचार र फौजदारी अभियोगमा मुछिएका नै सुशासनका हिमायती

लाज पचाउँदै मत माग्न जनतामाझ

13
Shares

काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भ्रष्टाचार आरोपित, अदालतको आदेशमा कैद भुक्तान गरिरहेका र फरार व्यक्तिहरू नै जनतामाझ भोट माग्न पुगेका छन् ।

भ्रष्टाचारमा मुछिएका नेताहरूलाई राजनीतिक दलहरूले टिकट दिएपछि उनीहरू चौडा छातीका साथ सुशासनका हिमायती बनेर मत माग्न जनतामाझ पुगेका हुन् ।

आफैं भ्रष्टाचारको अभियोग लागे पनि सामाजिक न्याय, समाज रूपान्तरण र सुशासनको एजेन्डा बोकेर जनतामाझ पुग्नेहरूमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) जसपा, राप्रपालगायत स्थापित दलका नेताहरू रहेका छन् । तीमध्ये कतिपय स्वतन्त्र उम्मेदवार बनेर निर्वाचनमा भाग लिएका छन् ।

विभिन्न दलका तर्फबाट उम्मेदवारी दर्ता गराएसँगै नागरिक माझ सबैभन्दा बढी सुशासनको पक्षमा वकालत गर्दै हिँडेका उनीहरूलाई यसपटक जनताले फेरि निर्वाचन गरेर पठाउन नहुने नागरिक समाजका व्यक्तिहरूको तर्क छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।