Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


प्रदेशका उम्मेदवार र अजेन्डा ओझेलमा


26
Shares

काठमाडौं । संघीय र प्रदेश सभा सदस्य निर्वाचन एकैपटक हुँदा प्रदेशका अजेन्डा र उम्मेदवार ओझेलमा परेका छन् ।

आगामी मंसिर ४ मा प्रतिनिधि सभा सदस्य र सातैवटा प्रदेशका सदस्यका लागि एकै दिन हुन लागेको निर्वाचनमा सबै राजनीतिक दल प्रतिनिधि सभाकै उम्मेदवार र अजेन्डामा केन्द्रित देखिन्छन् । यसरी दलहरूले चुनावी अभियानदेखि नै प्रदेशसभाका अजेन्डालाई ओझेलमा पार्दै आएको देखिन्छ ।

दलहरूले चुनावी प्रचार सामग्री बनाउँदादेखि नै प्रतिनिधि सभाका उम्मेदवारमा केन्द्रित गर्दै प्रदेश सभा सदस्य उम्मेदवारलाई उपेक्षा गरेको देखिन्छ । हरेक दलले निर्वाचन सामग्री बनाउँदा प्रतिनिधि सभा सदस्य उम्मेदवारलाई हाइलाइट गरेको र प्रदेश सभा उम्मेदवारलाई सहयोगीजस्तो भूमिकामा खुम्च्याएको देखिन्छ ।

दलका प्रदेश सभा उम्मेदवार स्वयंले बनाउने प्रचार सामग्रीसमेत त्यस्तै छन् । यस हिसाबले स्वयं प्रदेश सभा उम्मेदवारहरू आफैंले आफ्नो भूमिका खुम्च्याइरहेको देखिन्छ । हरेकजसो पोस्टरमा प्रतिनिधि सभा सदस्य उम्मेदवारको तस्बिर ठुलो र प्रदेश सभा उम्मेदवारको तस्बिर सानो रूपमा प्रस्तुत गरिनुले पनि त्यस्तै संकेत गर्छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।