
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ १५ वर्ष मूनिको महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली यू–१५ महिला टोलीलाई बिदाइ गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरेका छन् । च्याम्पियनसिपका लागि नेपाली टोली शनिबार बंगलादेश प्रस्थान गर्ने एन्फाले जनाएको छ ।
साफ यू–१५ महिला च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी तीन टिमले मात्र प्रतिस्पर्धा गर्ने छन् । डबल राउण्ड रोविन लिगका आधारमा खेलहरु हुने छ ।
डबल राउन्ड रोबिन लिगपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले नोभेम्बर ३ मा भुटानसँग खेल्दै च्याम्पियनसिप सुरु गर्ने छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगर छिन् भने सहायक प्रशिक्षकमा मंगल महर्जन, गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी छन् ।
प्रतिक्रिया दिनुहोस्