Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


कांग्रेसद्वारा आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी


117
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेकाे हाे र

निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन्।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ।

तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै आज सार्वजनिक गर्न लागिएको हो ।