
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गर्नुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर सरकार बनाउने बताउनुभएको हो ।
उहाँले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरुले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारुढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।
महामन्त्री थापाले आगामी निर्वाचनपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि दोहो¥याउनु भयो । त्यसका लागि पार्टी भित्रका साथीहरुले आफूलाई साथ दिनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्