 
	    काठमाडौं । कर्णाली प्रदेशका सात जिल्लाका झण्डै तीन सय मतदानस्थल अति संवेदनशील मानिएका छन् । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले दुई सय ६७ वटा मतदानस्थल अति संवेदनशील जनाएको छ । कालीकोटमा ७४ वटा मतदानस्थल अति संवेदनशील मानिएका छन् ।
सल्यानमा ६३, दैलेखका ४८, सुर्खेतका २०, रुकुमपश्चिमका २१, डोल्पामा २३ र जाजरकोटका १८ मतदानस्थल अति संवेदनशील रहेका छन् । जिल्ला निर्वाचन सुरक्षा समितिले सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील रहेको जनाएको छ । सुर्खेतका छ, दैलेखका ६२, सल्यानका तीन, रुकुमपश्चिमका ४३, डोल्पाका २६, कालीकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन् । प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य रहेका छन् ।
कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार चार सय तीन मतदान केन्द्र निर्धारण गरिएको छ । आयोगले कर्णालीमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार चार सय तीन मतदाता रहेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्