Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


जनप्रतिनिधिलाई ‘राइट टु रिकल’ को व्यवस्था गर्नुपर्छ

नेसपाको घोषणापत्र सार्वजनिक

273
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राम्रो काम नगर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार राजधानीमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उहाँले ‘राइट टु रिकल’को व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘जनप्रतिनिधिलाई ‘राइट टु रिकल’ गर्नु पनि पर्छ । वास्तवमा हामी यति गैरजिम्मेवार हुँदै गएका छौं कि ढाँट, छल र पैसाले किनबेच अनेक गरेर चुनाव जित्ने, चुनाव जितेपछि पाँच वर्ष फर्केर नजाने, फेरि अर्को जालजेल, षड्यन्त्र र पैसाले किनबेच गरेर सत्तामा जाने प्रवृत्ति छ ।’

जनप्रतिनिधिले ठीक ढंगले काम गरेन भने मतदाताको निश्चित प्रतिशत (२५ प्रतिशत वा कति राख्न सकिन्छ) ले मागे भने फिर्ता बोलाउन सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो– ‘जनताको सेवामा लाग्छु भनेर चुनाव जितेकाहरूले नै त्यस क्षेत्र र नागरिकको समस्या नबुझ्ने अवस्था अहिले कायम छ । राइट टु रिकलको व्यवस्था गर्नुपर्छ, यो सम्भव छ ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।