काठमाडौं । नेपाल समाजवादी पार्टीले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै लगानीमैत्री वातावरण निर्माण गरी वार्षिक ५ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने जनाएको छ ।
आइतबार काठमाडौंमा आफ्नो घोषणपत्र सार्वजनिक गर्दै सो पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रोजगारीसहितको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न उच्च लगानी र त्यसको निरन्तरता जरुरी हुने भएकाले स्वास्थ्य, शिक्षासहित लगानीमैत्री वातावरण र रोजगारीलाई उच्च प्राथामिकता दिएको बताए ।
उनले यसका लागि कुल गार्हस्थ्य उत्पादनको ३५.४० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।
‘यसर्थ नेपालभित्र र बाहिर रहेका नेपाली तथा विदेशी लगानीलाई आकर्षित गर्न आर्थिक रुपान्तरणका लागि कुल बजेटको ३५ देखि ४० प्रतिशत लगानीयोग्य पूँजी अनिवार्य व्यवस्था गरिनेछ ।’ प्रतिबद्धतापत्र सार्वजनिक गर्दै भने ,’लगानी गर्न निजी क्षेत्र, आन्तरिक गार्हस्थ्य बचत, रेमिट्यान्स तथा गैरआवासीय नेपाली, प्रत्यक्ष विदेशी लगानी, सरकारी लगानी राजस्व बचत, विदेशी अनुदान र ऋणको परिचालन गरिनेछ ।’
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्