८ असार २०८२, आइतबार | Mon Jun 23 2025


टी-२० विश्वकपमा भारत र पाकिस्तानबीचकाे खेल जारी


19.188k
Shares

काठमाडौं । अष्ट्रेलियामा जारीे टी-२० विश्वकपमा आज (आइतबार) दुई खेल सुरु भएका छन् ।

होर्वाटमा हुने पहिलो खेलमा श्रीलंका तथा आयरल्याण्ड खेलिरहेका हुन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बिहान पौने १० बजेबाट सुरू भएको छ । दुई टोलीले हालसम्म टी-२० मा दुई खेलमा प्रतिस्पर्धा गरेका छन् । दुवै खेलमा श्रीलंका विजयी भएको छ ।

साथै आइतबार नै हुने दोस्रो खेलमा पाकिस्तान र भारतबीच खेल हुनेभएकाे छ । साेही खेल मेलबर्न मैदानमा हुने दुई टिमबीचको खेल आइतबार दिउँसो पौने २ बजे सुरु हुने भएकाे छ ।

भारत र पाकिस्तानले खेलेका पछिल्ला ५ वटा टी-२० खेलमा तीनमा भारत तथा दुईमा पाकिस्तान विजयी भएका छन् ।विश्वकपको फाईनल खेल १३ नोभेम्बरमा हुने भएकाे छ ।