Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


चलचित्र ‘डिसेम्बर फल्स’को पोस्टर र रिलिज मिति सार्वननिक


78
Shares

काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’ को पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ । शुक्रवार निर्माण टिमले चलचित्रको दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुष १५ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकेको छ ।

सार्वजनिक दुई पोस्टरमध्ये एउटामा अभिनेता आर्यन सिग्देललाई रिसाहा अवतारमा देख्न सकिन्छ भने अर्को पोस्टरमा अभिनेत्री उपासना सिंह ठकुरी नर्सको पोशाकमा रगताम्मे हातले एउटा आँखा छोपेको अवस्थामा देखिएकी छन्।

प्रविण झा निर्देशित उक्त चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको अभिनय छ ।

लक्ष्मण रिजाल र अमिस काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्माता राज कुमार भट्ट हुन् । बनिश शाहले सम्पादन गरेको यो फिल्मको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले तयार पारेका हुन् । रोमान्टिक-थ्रिलर जनरामा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता राम प्रसाद रिजाल हुन् ।