Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


आयोगले बढायो निगरानी : माधव नेपाललाई कारबाहीको पत्र


559
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई निर्वाचनसम्बन्धी कसुरमा कारबाही गर्न भन्दै निर्वाचन आयोगले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाएको छ ।

आयोगले पत्र पठाएकाले अब रौतहट प्रहरीले नेपाल माथि कारबाही प्रक्रिया थाल्नुपर्छ ।

आयोगका उपन्यायाधिवक्ता गुरू वाग्लेले रौतहट प्रहरीले निर्वाचन कसुरमा नेपालमाथि आवश्यक कारबाही गर्नुपर्ने बताए ।

‘निर्वाचन कसुरको आरोप लागेका कुनै पनि व्यक्तिलाई पक्राउ गर्ने वा नगर्ने भन्ने प्रहरीको स्वविवेकको विषय हो’ , उपन्यायाधिवक्ता वाग्लेले भने, ‘निर्वाचन आयोगको पत्र पाएपछि प्रहरीले अनुसन्धान अघि बढाउनुपर्छ ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।