Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


प्रतिनिधि सभाका १३ सहित बन्दसूचीका २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी


39
Shares

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो ।

समानुपातिक उम्मेदवारहरूमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारदेखि कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीकी श्रीमतीसम्मका विरुद्ध उजुरी परेको छ ।

त्यस्तै, सरकारी लाभको पदमा बसेर बन्दसूचीमा नाम राखिएकाहरूको उम्मेदवारी खारेज गर्न माग गरिएको छ । केही उजुरीमा क्लस्टरमा नपर्ने व्यक्तिहरूलाई राखिएकाले उनीहरूको नाम खारेज हुनुपर्ने दाबी गरिएको छ । उजुरीमा आदिवासी जनजाति, मधेशीलगायतका सूचीमा राखिएका व्यक्तिहरू उक्त समूहको नभएको दाबी गरिएको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी दल, नागरिक उत्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी दल, नेपाली जनता दल, नेसनलिस्ट पिपुल्स पार्टी, बहुजन पार्टी, जनमत पार्टीलगायतका दलहरूबाट सिफारिस भएका उम्मेदवारहरूविरुद्ध उजुरी परेको आयोगले जनाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।