Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई निर्वाचन आयोगको ७ बुँदे निर्देशन


39
Shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता ऋषिराम भुसालले आज बुधबार विज्ञप्ति जारी गरेर लाभको पदमा रहेका व्यक्तिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत साधन उपयोग नगर्न, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिई नहिँड्न सचेत गराउनुभएको छ ।

आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचार प्रसारको लागि सवारी साधन प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएको उल्लेख गर्दै आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नको लागि भन्दै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न लिखित सात बुँदे निर्देशन दिएको हो ।