काठमाडौं । आसन्न निर्वाचनमा ठूला दललाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले जित हासिल गरेपछि स्वतन्त्र उम्मेदवारको लहरै चलेको छ ।
सत्तारूढ गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आंकलन गरिएको काठमाडौंमा ‘को हावी छ ?’ भन्ने आंकलन गर्न सक्ने अवस्था छैन ।
यद्यपि, स्वतन्त्र उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन् । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ भने सत्ता गठबन्धन तीन दलको समर्थनमा कांग्रेस, माओवादी र नेकपा एसले मिलेर उम्मेदवार दिएका छन् । निर्वाचन क्षेत्र १ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेता प्रकाशमान सिंहको उम्मेदवारी छ ।
तीन पटकसम्म निर्वाचन जितिसकेका सिंह योपटक पुनः जित्न चाहन्छन् । उनलाई टक्कर दिन एमाले उम्मेदवार किरण पौडेल उभिएका छन् । अघिल्लो प्रतिनिधिसभाका प्रतिस्पर्धी राप्रपाका रविन्द्र मिश्र मैदानमा छन् । स्वतन्त्रबाट पुकार बम, सुशाासन पार्टीबाट रमेश खरेल, स्वतन्त्र अभियान संयोजक डम्बर साहु मैदानमा छन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्