भैरहवा । केही वर्षअघिसम्म सिमेन्ट तथा क्लिंकर दुवैमा भारतसँग आत्मनिर्भर ररहेको नेपाल अब सिमेन्ट र क्लिंकर दुवै भारत निकासी गर्न सक्षम भएको छ ।
सोमबारमात्रै अर्घाखाँची सिमेन्ट निर्यात सुरु गरेको छ । रुपन्देही जिल्लाको सियारी गाउँपालिकास्थित मैनहियामा रहेको अर्घाखाँची सिमेन्ट उद्योगमध्येको एक हो । उद्योगले भैरहवाको बेलहिया नाका हुँदै सिमेन्ट भारत निर्यात सुरु गरेको हो ।
भारतको उत्तरप्रदेश राज्यको महाराजगन्ज जिल्लाको आनन्दनगर र नौतनवास्थित सुभांसु एसोसिएट डिलरलाई ७० टन (एक हजार चार सय बोरा ) सिमेन्ट निर्यात गरिएको उद्योगका प्रबन्धक निर्देशक राजेशकुमार अग्रवालले बताए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्