Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


मधेस सरकारको लोभमा उपेन्द्रले गरे एमालेसँग तालमेल


1.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा जाेखिम उडाएरै भएपनि नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको पाइएको छ ।

मधेस प्रदेशका प्रदेशसभाका ६४ निर्वाचन क्षेत्र मध्ये जसपाले ३६ सिटमा उम्मेदवारी दिएको हाे । त्यसमध्ये ३० सिटमा जसपाले एमालेसँग तालमेल गरेको छ भने बाँकी ६ सिटमा जसपाले एक्लै उम्मेदवारी दिएको छ ।

मधेशमा एक्लै सरकार निर्माण गर्न कम्तिमा ३३ सिटमा विजयी हुनुपर्छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।