Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


तेह्रथुमका किसान सिंचाईका लागि प्लाष्टिक पोखरीमा पानी संकलन गर्दै


65
Shares

तेह्रथुम । तेह्रथुमका किसानहरुले हिउँदे सिंचाईका लागि प्लाष्टिक पोखरीमा पानी संकलन गरेका छन् ।

तेह्रथुमकाे छथर गाउँपालिका-५ ओख्रेकी सिता बुढाथोकीले घर नजिकै प्लाष्टिक पोखरी बनाएकी हुन् । साेही पोखरीमा बर्खामा परेको पानी संकलन गर्दै आएका हुन् । खानेपानीसम्म मुस्किल रहेको साेही गाउँको प्राय जसो सबै घरमा प्लाष्टिक पोखरी बनाइएका छन् । बर्खामा परेको पानी हिउँदे सिंचाईका लागि जोहो गर्दै आएका छन् । प्रयाप्त पानीको मुहान नभएको र सुख्खा ग्रस्त गाउँमा यतिबेला हिउँदे सिंचाईका लागि भरपर्दाे माध्यम नै प्लाष्टिक पोखरी बनेको छ ।

हिउँदे सिंचाईका लागि पानी नहुँदा सुख्खा भएका बारीहरु अहिले हरियाली बनेका छन् । खेतीका लागि पानी नभएपनि वर्षाको पानीले खेती गर्न सकिने उदाहरणका रुपमा यहाँका किसानले तरकारी खेती गर्दै आएका छन् । बर्खामा परेको पानी पोखरीमा संकलन गरी सुक्खायाममा तरकारी फलफूलमा सिंचाई गर्ने गरेको बुडाथोकीले बताउनुभएकाे छ।

जलवायु परिर्वतनका कारण पानीका मुहानहरु सुक्दै जाँदा सिंचाई मात्र नभई खानेपानीकाे समेत यहाँका नागरिकहरुलाई समस्या थियो । सुख्खाग्रस्त क्षेत्रका किसानहरुलाई लक्षित गरी कार्यक्रम ल्याईएको र किसानलाई प्रत्येक वर्ष वितरण गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाको भनाइ छ । खेर गइरहेको वर्षाको पानी पोखरीमा संकलन गरी किसानहरुले उपयोग गर्न थालेका छन् ।

यहाँका किसानहरुले वर्षाकाे समयमा पनि जम्मा गरी हिउँदेबाली सिंचाई गरी आम्दानी समेत गर्दै आएका छन् ।