
म्याग्दी । म्याग्दीको प्रशिद्ध पदमार्ग राउण्ड धौलागिरीको प्रचारका लागि म्याग्दीमा १२ दिने पदयात्रा सुरु भएको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिकाे मुदीमा राउण्ड धौलागिरी रहेकाे छ । राउण्ड धवलागिरीलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हङकङबाट आएका म्याग्देलीले हङकङ लगायतका क्षेत्रमा म्याग्दीको पर्यटन क्षेत्रलाई प्रचारप्रसार गर्ने गरी पदयात्रा सुरु गरेका हुन् । विभिन्न पेशा तथा रोजगारीका क्रममा हङ्कङमा बसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङ्गकङ्गको आयोजनामा पर्यटन प्रवर्धन गर्न १२ दिनको चक्रीय धाैलागिरी पदयात्राको आयोजना गरिएको हो ।
बेनीबाट सुरु भएको पदयात्रा धवलागिरी गाउँपालिका ४ मुदीदेखि धाैलागिरी बेसक्याम्प हुँदै मुस्ताङको मार्फा निस्किने कार्यक्रम रहेको मानो हङ्कङका अध्यक्ष कर्ण पुन मगरले बताउनुभयो । पदयात्रामा मोनाका टोली, पत्रकार र गाइड गरी ३२ जना सहभागी भएका छन् । धौलागिरी चक्रीय पदमार्गलाई विश्वभर चिनाउने उद्देश्यले बेनीबजारबाट सुरु भएको पदमायत्रा मुदि, बगरा, इटालियन बेसक्याम्प, धौलागिरी बेस क्याम्प हुँदै मुस्ताङको मार्फामा निस्कने भएका छन् ।
जिल्ला सदरमुकाम बेनी हुँदै तातोपानी, बाबियाचौर, दरबाङ, ताकम, मुदी र दरवाङ, बिम, खिवाङ र बगर हुँदै धाैलागिरी बेसक्याम जाने गरेका छन् । म्याग्दी हुँदै गएका अधिकांश पर्यटक धाैलागिरी पदयात्रा पूरा गरी मुस्ताङको मार्फा, टुकुचे र बागलुङको ढोरपाटन तथा डोल्पासम्म पुग्ने गर्दछन् । राउण्ड धाैलागिरी जैविक, सांस्कृतिक विविधता, हिम श्रृंखलाको अवलोकन, जनजातिको संस्कार र ट्रेकिङका साथै ग्रामीण जनजीवन आदिको अवलोकनका साथै धाैलागिरी हिमाल आरोहण पर्यटकका मुख्य आकर्षण हुन् ।
धाैलागिरी आधार क्षेत्रमा आएका पर्यटकको यात्रा १७ देखि २२ दिनसम्मको हुने गरेको छ । पद यात्रामा आउने पर्यटकमा धेरै जसो जर्मन, फ्रान्स र क्यानडाका रहेका छन् । विश्वभरका पर्यटकको रोजाइमा पर्ने भएपनि पदयात्राका क्रममा आवतजावतमा देखिएको समस्याका कारण अपेक्षा अनुसार पर्यटक आगमन हुन नसकेको धौलागिरी पर्यटन परिषदका अध्यक्ष अमर बानियाँले बताउनुभयो । राउण्ड धाैलागिरीमा मंसिरदेखि फागुनसम्म सुनसान हुने भएपनि अन्य समयमा भने पर्यटकको चहलपहल हुने गरेको छ ।
पदयात्रामा निस्केका टोलीलाई बेनी नगरपालिकाका मेयर सुरत केसी र ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य लगायतले बिदाई गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्