
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई केन्द्र सरकारबाट बर्खास्त गरे ।
लगत्तै जसपा अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई टेलिफोन गरेर कांग्रेसका तीन मन्त्रीलाई हटाउन निर्देशन दिए ।
अध्यक्ष यादवको निर्देशन स्विकार्दै राउतले कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलाई राजीनामा दिन आग्रह गरे। राजीनामा नगरे पदमुक्त गर्ने चेतावनी पनि दिइयो । तर यादव, शर्मा र सिंह राजीनामा गर्न तयार देखिएनन् । अन्ततः शुक्रबार मुख्यमन्त्री राउतले उनीहरूलाई पदमुक्त गरे ।
मुख्यमन्त्री राउतको सिफारिसमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले तीनै मन्त्रीलाई पदमुक्त गरेका थिए । केन्द्रमा प्रधानमन्त्री देउवाले झैं खाली भएका मन्त्रालय मुख्यमन्त्री राउत आफैंले राखेका छन् । तर मुख्यमन्त्री राउतले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का मन्त्रीहरूलाई भने सरकारबाट हटाएनन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्