
काठमाडौं । बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ । विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन् ।
पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उहाँहरू आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला व्यस्त हुनुहुन्छ ।
चुनावी मैदानमा उत्रने केही चिकित्सक मुख्य राजनीतिक पार्टीबाटै चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ भने केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ ।
चिकित्सकहरूले सांसद भएपछि स्वास्थ्य क्षेत्र सुधारका लागि नीति निर्माण गर्ने र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने मुद्दा अगाडि सार्नुभएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्