Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


दाहाललाई आयोगले सोध्यो स्पष्टीकरण


1.1k
Shares

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ ।

उम्मेदवारी दर्ताका क्रममा निर्वाचन आचारसंहिताविरुद्ध तामझाम र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो ।

गोरखा २ बाट उमेदवारी दर्ता गर्न जाने क्रममा बाजागाजा प्रयोग गरेको विषयमा आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो ।

‘मनोनयन दर्ता क्रममा बाजागाजा (पञ्चेबाजा)को प्रयोग भएको हो होइनरु यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्जेबाजा) को प्रयोग भएको हो भने यहाँलाई निर्वाचन आचारसंहिता, २०५९ को दफा १३ को उपदफा (१) को खण्ड (ग) को व्यवस्थाको उल्लंघनमा किन कारवाही गर्नु नपर्ने होरु यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध गरिन्छ,’ आयोगले भनेको छ ।

दाहाललाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले निर्देशन दिएको छ ।