Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


पूर्व डीआईजीले २० लाख कमिशन लिएको बाेलेकाे भिडियो भाइरल


42.1k
Shares

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डिआइजी तथा नेपाल सुशासन पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ–१ मा उम्मेदवारी दिएका रमेश खरेल स्वयंले बोलेको ‘कमिसन लिएको’ भिडियो सामाजिक सन्जालमा फेरि भाइरल भएकाे छ ।

केही समयअघि एक टेलिभिजनमा अन्तर्वार्तामा दिने क्रममा बोलेको उक्त बाेली सामाजिक सन्जालमा एकपटक फेरि भाइरल भएकाे हाे ।

खरेलले अन्तर्वार्तामा दिने क्रममा भनेका थिए, ‘तीन करोड नेपालीको अगाडि भन्छु मैले १५ देखि २० लाख कमिसन खाएको छु । यदि त्यसो नगरेर तस्करसँग मिलेर महिनावारी खाएको भए ५० करोड कमाउँथे ।’

उनले अन्तर्वार्तामा थप उत्साहित हुँदै भनेका छन्, ‘देशलाई राजश्व वृद्धि गरेर कमिसन खाएर । अझ आइजीपी भएको के गर्थे थाहा छ, तीन करोड नेपालीलाई भन्छु कानुनसम्मत मेरो नाममा राख्न नहुने देशभरको राजश्व र रोयल्टी बढाएर मेरो छोराको नाममा कमिशन खान्थे ।’

प्रहरी प्रमुखमा सर्वेन्द्र खनाललाई बढुवा गरेपछि असन्तुष्ट बनेका खरेलले २०७४ चैतमा राजीनामा दिएका थिए । उता खनाल चाहिँ एमालेको तर्फबाट काठमाडौँ– ६ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गरेसँगै खरेलले सञ्चारकर्मीसँगको प्रतिक्रियामा संसदमा अपराधीको संख्या घटाउन आफूले उम्मेदवारी दिएको बताएका थिए ।