Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


धनकुटाका सभापति बालानन्द दाहाल पार्टीबाट निष्कासित


546
Shares

धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटाका जिल्ला सभापति बालानन्द दाहाल पार्टीबाट निष्कासित भएका छन् ।

नेविसंघ धनकुटाका जिल्ला सभापति दाहाललाई नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको सभापति तथा कृयाशील सदस्यतासहित साधारण सदस्य समेत नहरने गरी कारबाही गरेको छ ।

पार्टीको अनुशासन विपरित गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार कारवाही गरिएको नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

दाहालले भने कारवाहीलाई स्वभाविक रुपमा लिएको र नेपाली कांग्रेसकै हितका लागि उम्मेदवारी दिएको दाबी समेत गरका छन् । दाहालले धनकुटा प्रदेश ख बाट स्वतन्त्र उम्मेदवारको रुपमा प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन् ।