
काठमाडौं । चलचित्र ‘पोइ पर्यो काले’को सिक्वेल ‘पोइ पर्यो बुढो’ निर्माण हुने भएको छ ।
किरण नेपालीले निर्माण गर्ने उक्त चलचित्रलाई निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् । गत शुक्रबारदेखि प्रदर्शन भइरहेको चलचित्र ‘२ नम्बरी’ पछि निर्माता किरण र निर्देशक दीपेन्द्रबीच यो दोस्रो सहकार्य हुन लागेको हो । हाल चलचित्रको स्क्रिप्ट लेखनको काम भइरहेको र फागुनपछि सुटिङ सुरू हुने छ ।
शिशिर राणाद्वारा निर्देशित फिल्म ‘पोइ पर्यो काले’मा सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश श्रेष्ठको मुख्य भूमिका रहेको थियो । तर, यसको सिक्वेल ‘पोइ पर्यो बुढो’मा कलाकार फाइनल भइसकेका भने छैनन् भने चलचित्रमा पूजा दोहोरिने चर्चा छ।
चलचित्र ‘पोइ पर्यो काले’ लाई पनि किरणले नै निर्माण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्