Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


पाँच एमाले नेताको सदस्यता खारेज हुने


7.3k
Shares

काठमाडौं । नेकपा एमालेका पाँच केन्द्रीयस्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहनेगरी हटाइने भएको छ ।

आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेखबाटै हटाइने भएको हो ।

एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।