काठमाडौं, भदौ ६ । खाडीमा श्रम गरेर कमाएको पैसा अलि सुविस्ताको काम र धेरै तलब पाउने आशमा तस्करलाई बुझाएर फस्नेको संख्या बढेको छ ।
साउदी, कतार, मलेसियामा ५–१० वर्ष काम गरेपछि टर्की, ग्रिस, मकाउजस्ता ‘राम्रो कमाइ हुने’ देश पस्ने लोभमा युवा फस्ने गरेका हुन् ।
यी ठाउँमा गतिलो काम पाइने आशमा वैदेशिक रोजगारीमा रहेका युवाले तस्करलाई २ लाख ५० हजारदेखि ७ लाखसम्म बुझाउने गरेका छन् । तर, पैसा बुझाइसकेपछि ती ठाउँमा जान नपाएका वा अवैध तरिकाले पुगेर फर्किनेको संख्या बढेको प्रहरीको भनाइ छ । –कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्