Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


प्रधानमन्त्रीको पासा फाल्दै चुनावी अभियानमा नेताहरु


481
Shares

काठमाडौं । आगामी निर्वाचन जित निकाल्नका लागि राजनीतिक दलका नेताले प्रधानमन्त्रीको पासा फालेर जनतामाझ पुगेका छन् ।

पार्टीका शीर्ष नेताहरुले चुनाव पछि आफैं प्रधानमन्त्री भएर देश हाक्ने एजेण्डा लिएर चुनावी अभियान थालेका हुन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), कांग्रेस नेता रामचन्द्र पौडेल, डा शेखर कोइराला, शशांक कोइराला, गगन थापा लगायत आभा दर्जनभन्दा बढी नेताहरुले चुनाव पछि प्रधानमन्त्री हुने आकांक्षा व्यक्त गरेका छन् ।

चुनाव पछि बन्ने सरकारको नेतृत्व कांग्रेसले नै गर्ने प्रधानमन्त्री आफैं हुने दाउका साथ वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी, एकीकृत समाजवादी लगायत सत्ता साझेदार दलहरुसँग चुनावी एकता गर्नुभएको हो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।