काठमाडौं । विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले १४ वैशाखदेखि लगाएको आयातको सीमा हटाउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले माग गरेको छ ।
सरकारले सबै प्रकारका पेट्रोलियमबाट चल्ने कार, १५० सीसीभन्दा माथिका मोटरसाइकल आयततमा लगाउँदै आएको आयातमा प्रतिबन्ध हटाउन नाडाले माग गरेको हो ।
सरकारले थप सीमा तोकेर असार मसान्तसम्म र पछि पुन थप गरेर १४ भदौ हुँदै २८ असोजसम्म सवारी आयातको प्रतिबन्ध कायम गरिएको छ । त्यसैले उक्त समय सीमा पुन थप नर्गन सरकारसँग आग्रह गर्दै नाडाले अटोमोबाइल व्यवसाय धरापमा परेको बताएको छ ।
नाडाले प्रतिबन्ध निरन्तर भए व्यवसाय बन्द गर्ने अवस्था रहेको पनि बताएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्