Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


काल बन्दै डेंगु : ४४ जनाको मृत्यु, संक्रमितकाे संख्या ३४ हजार नजिक


117
Shares

काठमाडाैं । मुलुकभर देखिएको डेंगुकाे प्रकोपले महामारीको रुप लिन थालकाे छ। साेही क्रममा डेंगुकाे संक्रमणबाट ४४ जनाकाे मृत्यु भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो।

यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो।

यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ ।

हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या पछिल्लो १८ वर्ष यताकै उच्च हो । डेंगुबाट ज्यान जाने क्रम पनि जारी छ ।

नेपालमा वि.सं.२०६१ सालमा पहिलो पटक एक जनामा डेंगु संक्रमण देखिएको थियो ।

प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न चिकित्सकहरुले सुझाएका छन् ।