बाजुरा । यतिबेला अन्यत्रकै बाजुरा पनि चुनावी माहोलमा रंगिसकेको छ ।
आइतबार प्रमुख दलका नेताहरुले सदरमुकाम मार्तडी पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएपछि चारैतिर चुनावकै चर्चा सुरु भएको छ । तर, यतिबेला सदरमुकाम मार्तडीमा न सडक सञ्जाल छ न त पानी, विद्युत, टेलिफोन र इन्टरनेट नै छ । स्थानीय इन्जिनियर डम्बरप्रसाद जोशी भन्नुहुन्छ, ‘चुनाव आयो, बाटो आएन ।’
यद्यपि कतिपय उम्मेदवारले यसपालिको निर्वाचनको प्रमुख एजेण्डा नै सडक निर्माण र साँफे-मार्तडी सडक खण्डको पहिरो नियन्त्रणलाई बनाएका छन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्