१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


२८ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ


143
Shares

पर्सा । स्रोत नखुलेको २८ लाख ५६ हजार भारतीय रुपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–७ घर भएका ४५ वर्षीया अनिता तामाङसहित ३ जना रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

आरोपीहरुलाई शनिवार साँझ वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई नगदसहित थप अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बारा पठाइएको छ ।