
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।
प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।
उम्मेदवारहरु मनोनयन दर्ता गराउन प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगिसकेका छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले मनोनयन दर्ता गर्न जाँदा १३ किसिमका कागजात संलग्न गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी, उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता छ ।
प्रतिक्रिया दिनुहोस्