Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


गठबन्धनकै कारण पार्टी छाड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिनेको लहर


650
Shares

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका दुवै गठबन्धनमा आन्तरिक कलह चुलिँदै गएको छ ।

चुनावी तालमेलको सहमति गरेका दलहरूबीच सिट बाँडफाँटमा सहमति गरेका दलहरूबीच सिट बाँडफाँटमा सहमति भए पनि पार्टीभित्र टिकट वितरणमा आन्तरिक असहमति बढेको हो ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता पक्षीय गठबन्धन दलहरूमा आन्तरिक भागबण्डाको किचलो अझैं साम्य भएको छैन् ।

गठबन्धनका प्रमुख दल कांग्रेसभित्र संस्थापन र संस्थापन इतरबीच व्यापक अन्तरविरोध अझै कायमै रहेको नेताहरूले बताए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।