
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ सडक खण्डका विभिन्न ठाउँमा खाल्डाखुल्डी भएका कारण दशैं मनाउन घर फर्कनेको यात्रा सास्तीपूर्ण भएको छ ।
खाल्डोमा पानी जमेका कारण सडक हिलाम्मे भएको हाे । मुग्लिन पोखरा सडक विस्तारका कारण यहाँका अधिकांश ठाउँका सडक काम नलाग्ने गरी भत्किएका छन् । ठूला सवारीसाधनलाई भन्दा पनि दुई पाङ्ग्रे सवारी साधनका यात्रुलाई खाल्डोबाट बच्न हम्मेहम्मे परेको छ ।
सडक खाल्डाखुल्डी पर्दा कष्टपूर्ण यात्रा र दुर्घटनाको जोखिम पनि बढेको छ । दशैंको समयमा खाल्डाखुल्डी पुर्ने योजना भए पनि दशै् सकिदा समेत सडक मर्मत गरिको छैन् । मुग्लिन पोखरा सडक विस्तारका क्रममा तनहुँका धेरै ठाउँमा सडक खाल्डाखुल्डी हुँदा यात्रुले सास्ती भोग्नु परेको हो ।
सदरमुकाम दमौली नजिकैका अधिकांश ठाउँमा सडक खाल्डाखुल्डी पर्दा यात्रा गर्दा जोखिम मोल्नु पर्ने अवस्था छ । पृथ्वी राजमार्ग संघीय सरकार मातहत रहेकाले यसमा केही गर्न नसकिने नगरपालिकाले जनाएको छ । पृथ्वी राजमार्ग अन्तर्गत ७२ किलोमिटर खण्ड रहेको तनहुँमा मुग्लिन पोखरा सडक विस्तारका लागि काम भइरहेको छ ।
पृथ्वी राजमार्गलाई ४ लेनमा विस्तार गर्नका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिएपनि तनहुँ खण्डमा भौतिक प्रगति भने न्यून रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्