
काठमाडाैं । बडा दशैं अन्तर्गत आठाैं दिन साेमबार राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेमा अवस्थित पलाञ्चाेक भगवती मन्दिरकाे दर्शन गर्नुभएको छ ।
सेनाको हेलिकाेप्टरमार्फत बिहान साढे ९ बजे पाँचखाल तालिम केन्द्र पुग्नुभएकी राष्ट्रपति भण्डारी त्यहाँबाट करिब ९ किलोमिटर कार्गेटमार्फत पलाञ्चाेक भगवतीस्थान पुग्नुभएको हो । राष्ट्रपति भण्डारी १५ मिनेट भगवतीको पूजा आराधना गरी फर्कनुभएकाे छ । राष्ट्रपति पलमा नियुक्त हुनुभएपछि उहाँले राष्ट्रप्रमुखको हैसियतमा पाँच पटक पलाञ्चाेक भगवतीको दर्शन गर्नुभयो ।
पलाञ्चोक भगवतीको मन्दिर आज भन्दा करिब १६ सय ५४ वर्ष पहिले निर्माण भएको मानिन्छ । पलाञ्चोक भगवतीलाई भवगतीहरुको जेठी दिदी पनि भन्ने गरिन्छ । बडादशैंको नवरात्रीमा यस मन्दिरमा हाँस, बोका, राँगा आदिको बली दिने समेत चलन रहेकाे छ ।
दशैं बाहेक पलाञ्चाेक मन्दिरमा वैशाख पूर्णिमा, माघे संक्रान्ति र जेष्ठ पूर्णिमामा ठूलो मेला लाग्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्