
काठमाडौं । माओवादी नेता एवं पूर्व सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगेर लामा एमाले प्रवेश गर्नु भएको हो । लामाले २०७४ सालको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर हुम्लाबाट चुनाव जित्नु भएको थियो ।
त्यतिबेला माओवादीले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । चुनाव जितेर आएपछि लामा माओवादीमै फर्किनु भएको थियो । माओवादीले लामालाई केन्द्रीय सदस्य बनाएको थियो ।
लामाले २०४८ को निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट चुनाव जित्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्